सुप्रिम सहकारी प्रकरण : रवि लामिछाने र पूर्व डीआईजी जोशीको फाइल माग्यो उच्च अदालत बुटवलले

बुटवल — सुप्रिम सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व उपरीक्षक (डीआईजी) छविराज जोशीको फाइल माग गरेको छ।

न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतबाट पठाइएका आदेश र कागजातहरू माग गर्ने आदेश दिएको हो। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, अदालतले लामिछाने र जोशीसम्बन्धी सबै फाइल र आदेश जिल्ला अदालत रुपन्देहीबाट झिकाउने निर्णय गरेको हो।

फाइल अदालतमा पुगेपछि लामिछानेले बिगोबराबर रकम बुझाएर थुनामुक्त हुन पाउने मागमाथि सुनुवाइ हुने बताइएको छ। हाल सुनुवाइका क्रममा मिसिल अपुग भएकाले अर्को पेशी तोकिएको भए पनि नयाँ मिति भने तय गरिएको छैन।

तपाईको प्रतिक्रिया