सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछाने र छविलाल जोशीका निवेदन संयुक्त इजलासमा

This image has an empty alt attribute; its file name is High-court_sarbochha-adalat.jpg

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीका निवेदनहरू सर्वोच्च अदालतको एउटै इजलासमा परेको छ।

उनीहरूका निवेदनहरू सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको हो।

सभापति लामिछानेले उच्च अदालतको आदेश बदर माग गर्दै दायर गरेको ७३ नम्बरको निवेदन, उनकी पत्नी निकिता पौडेलद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन र जोशीतर्फबाट दायर ७३ निवेदन एउटै इजलासमा परेका हुन्।

स्मरण रहोस्, सुप्रिम सहकारीको ठगी प्रकरणमा लामिछाने र जोशीलाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध उनीहरू सर्वोच्च पुगेका हुन्।

तपाईको प्रतिक्रिया