सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि


काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर २ हजार २५ रुपैयाँ पुगेको छ।

महासङ्घले मूल्यवृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमै सुनको दर बढेको जनाउँदै, त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुनको मूल्य प्रतिऔँस ३ हजार ३५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बुधबारदेखि निरन्तर बढिरहेको सुनको मूल्यले अब बजारमा थप चहलपहल देखिने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया