सुन र चाँदी दुबैको दर घट्यो, नयाँ मूल्यसूची सार्वजनिक

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसअघि यसको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ७० रुपैयाँ घटेर तीन हजार ५५५ रुपैयाँमा पुगेको छ। बिहीबार चाँदी प्रतितोला तीन हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया