सुन–चाँदीको मूल्यमा सामान्य गिरावट, नयाँ बजार दर के छ?

काठमाडौं । आज सुन र चाँदीको मूल्यमा सामान्य कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ।

यसअनुसार, आज सुनको मूल्य एक तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य ७०० रुपैयाँले घटेर १ लाख ९१ हजार १०० रुपैयाँ पुगेको थियो।

त्यसैगरी, चाँदीको मूल्य आज एक तोलामा १ हजार ९९५ रुपैयाँ तोकिएको छ।

तपाईको प्रतिक्रिया