सुनसरी–१ बाट हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गरेका छन् भने तामाङले २७ हजार २४९ मत ल्याएकी छन्। यसरी राईले ८ हजार ४९२ मतान्तरले जीत दर्ता गरेका हुन्।

धरान उपमहानगरपालिकाका मेयर पदबाट राजीनामा दिएपछि राई यसपटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। स्थानीय तहको नेतृत्वबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै उनले पहिलोपटक संसदीय यात्राको सुरुवात गरेका हुन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि धरान क्षेत्रमा उनका समर्थकहरूले खुशी मनाएका छन्। राईले आफ्नो विजयलाई जनताको परिवर्तनप्रतिको चाहना र विश्वासको प्रतिफल भएको प्रतिक्रिया दिएका छन्।

तपाईको प्रतिक्रिया