सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार रुपैयाँ नाघ्दै २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ थियो। एकै दिनमा भएको वृद्धिले सुनको कारोबारमा चासो बढाएको छ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ३ हजार ८३५ रुपैयाँ रहेको चाँदी सोमबार ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया