सुनको मूल्य बढ्दै, छापावाल सुन रु २,३७,८०० पुग्यो

काठमाडौं। नेपाली बजारमा बिहीबार (कात्तिक २० गते) सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु २,३७,८०० मा कारोबार भइरहेको छ।

बुधबार (कात्तिक १९ गते) छापावाल सुन प्रतितोला रु २,३७,२०० मा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला रु ३,०१० मा कारोबार भइरहेको छ, जुन बुधबारको मूल्यभन्दा रु २० ले बढी हो।

तपाईको प्रतिक्रिया