सुनको मूल्य फेरि बढ्यो, प्रतितोला तीन लाख १९ हजार पुग्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो। नयाँ मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख १९ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ।

यसअघि मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा दुई हजार रुपैयाँले वृद्धि भएपछि बजारमा सुनको मूल्य थप उकालो लागेको देखिएको छ।

यता चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। मंगलबार प्रतितोला पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया