सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदीको दरमा पाँच रुपैयाँको गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार (कात्तिक १६)मा सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा हल्का कमी आएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर दुई लाख ३९ हजार ७०० रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार (कात्तिक १४) मा सोही गुणस्तरको सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो।

उता, चाँदीको मूल्यमा भने घटावट आएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला तीन हजार ५५ रुपैयाँमा किनबेच भइरहेको छ, जुन शुक्रबारको तुलनामा पाँच रुपैयाँले कम हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्य र विनिमय दरका कारण आजको दर समायोजन गरिएको हो।

तपाईको प्रतिक्रिया