सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो


काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन आइतबार यो मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ थियो।

चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैयाँको वृद्धि भएको छ। हाल चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबार २ हजार २८५ रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया