सुनको मूल्य तोलामा ११ हजार ६ सयले घट्यो

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य घटेपछि यसको प्रभाव नेपाली बजारमा पनि परेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (कात्तिक ९ गते) स्थानीय बजारमा सुनको मूल्य तोलामा रु २ लाख ४१ हजार ९०० र चाँदीको मूल्य रु ३ हजार १५ कायम भएको छ।

तिहारपछि सुनको मूल्यमा तोलामा रु ११ हजार ६ सय र चाँदीमा रु २ सय ६५ ले गिरावट आएको हो।

गत कात्तिक ३ गते सुन प्रतितोला रु २ लाख ५३ हजार ५०० र चाँदी रु ३ हजार २८० मा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया