सुनको मूल्यमा भारी गिरावट, तोलामा ४६ सय रुपैयाँले घट्यो

काठमाडौं, — नेपाली बजारमा सुनको मूल्यमा आज उल्लेखनीय गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेर १ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको छ।

बुधबार मात्रै सुनको मूल्य ७ सय रुपैयाँले घटेको थियो। त्यसको भोलिपल्टै यति ठूलो गिरावट आउनुले बजारमा मूल्य अस्थिरता देखिएको संकेत गर्छ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। बुधबार प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँ घटेर १ हजार ९ सय १५ रुपैयाँमा झरेको छ।

तपाईको प्रतिक्रिया