सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ४० हजार

काठमाडौं, — नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ पुगेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ४ सय रुपैयाँ बढी हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ मा कारोबार भएको थियो।

महासंघका अनुसार आजको दर हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लाग्दै गएको छ। हाल सुनको मूल्य प्रति औंस ४ हजार ५० अमेरिकी डलर नाघिसकेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय २० रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ९५ रुपैयाँले बढी हो।

तपाईको प्रतिक्रिया