सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार, प्रदेश अस्पताल रिफर

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० की २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत सुर्खेतको प्रदेश अस्पताल रिफर गरिएको छ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा र अवस्था जटिल बन्दै गएपछि बिहीबार उनलाई हेलिकोप्टरमार्फत प्रदेश अस्पताल पठाइएको थियो। यस उद्धार कार्यमा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, स्वास्थ्यकर्मी, नेपाल प्रहरी र स्थानीय सरकारको समन्वयमा सहयोग प्राप्त भएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिएका छन्।

उपप्रमुख शाहीले सुत्केरी महिलाको ज्यान जोगाउन सहयोग गर्ने सबै निकाय र व्यक्तिहरूलाई धन्यवाद दिएका छन्।

तपाईको प्रतिक्रिया