साफ यू–१७ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र भारत आमनेसामने


काठमाडौं ।भुटानमा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ को उद्घाटन खेलमा नेपालले परम्परागत प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ।

प्रतियोगिताको पहिलो खेल भुटानको चिङलिमिथाङ रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।

चार टोली सहभागी प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान रहेका छन्। प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा खेलाइनेछ, जसअनुसार सबै टिमले एकअर्काविरुद्ध दुईपटक प्रतिस्पर्धा गर्नेछन्। सर्वाधिक अंक हासिल गर्ने टोली च्याम्पियन घोषित हुनेछ।

नेपाली टिम मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठको नेतृत्वमा गत आइतबार (भदौ १ गते) भुटान प्रस्थान गरेको थियो। प्रशिक्षक श्रेष्ठले टोलीमा अनुशासन, फिटनेस र ट्याक्टिकल तयारीलाई प्राथमिकता दिइएको बताएका छन्।

नेपालले उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगिता खेल्ने जनाएको छ।

तपाईको प्रतिक्रिया