साथीसँग भेटघाट गर्न पुगेका इमाडोल निवासी युवकको मृत्यु, अनुसन्धान थालियो

काठमाडौं । ललितपुरको इमाडोलमा एक युवतीको कोठामा गएका युवकको मृत्यु भएको छ। सोमबार राति साथीसँग भेटघाट गर्न पुगेका इमाडोल निवासी ३१ वर्षीय जीवेश अधिकारीको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार, अधिकारीलाई राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि किस्ट अस्पताल लगिएको थियो। तर, आज बिहान साढे ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे जानकारी आज बिहानमात्रै प्राप्त भएको र त्यसपछि अनुसन्धान प्रारम्भ गरिएको ललितपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा घटनास्थलमा रहेकी युवती काभ्रेकी २२ वर्षीया रहेको खुलेको छ। युवक बेहोस भएपछि उनले नै तत्काल अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ।

हाल घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया