साताको पहिलो कारोबार दिन नेप्से ३० अंकले घट्यो, सबै समूह नकारात्मक देखिए

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा अडिएको छ भने सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशतले घटेर ४४५.६२ विन्दुमा पुगेको छ।

यो दिन ३२३ कम्पनीका १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ रुपैयाँमा कारोबार भएका थिए।

सेयर बजार सामान्यतया घट्दा पनि धर्मखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। माविलुङ्ग इनर्जीको सेयर ९.९८ प्रतिशतले बढ्दा सागर डिस्टिलरी ९.९८ प्रतिशत र रुरु जलविद्युत परियोजनाको सेयर ९.९३ प्रतिशतले वृद्धि भयो।

यसै दिन उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरे, यस कम्पनीको सेयर १० प्रतिशतले घट्यो। युनिनय हाइड्रोपावर २७ करोड रुपैयाँ मूल्यको कारोबारसहित शीर्ष स्थानमा रह्यो। यसैगरी नेपाल रिइन्स्योरेन्सको २३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र राधी विद्युत / शिवम् सिमेन्टका २१–२१ करोड मूल्यको सेयर कारोबार भएका थिए।

यो दिन २८ वटा स्टकको मूल्य बढ्दा २२२ वटा स्टकको मूल्य घट्यो भने १ स्टकको मूल्य स्थिर रह्यो। सबै समूहका उपसूचक नकारात्मक देखिएका छन्। विशेषतः फाइनान्स समूहको उपसूचक सर्वाधिक २.९१ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया