सवारी ज्यान मुद्दामा फरार प्रतिवादी सुदिप प्रसाद बन पक्राउ

काठमाडौं, २५ फागुन । सवारी ज्यान मुद्दामा फरार रहेका ३८ वर्षीय सुदिप प्रसाद बनलाई प्रहरीले पक्राउ गरेको छ। उनी भक्तपुरको चाँगुनारायण नगरपालिका-५ का निवासी हुन्।

काठमाडौं जिल्ला अदालतको २०७६ चैत २ गतेको निर्णय अनुसार सुदिपलाई ६ महिना जेल र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। सोही फैसला कार्यान्वयन गर्नुपर्ने भएकाले उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले भक्तपुरको छालिङबाट पक्राउ गरेको हो।

उनीलाई अदालतमा पेश गर्नका लागि जिल्ला अदालत काठमाडौंमा ल्याइएको छ।

तपाईको प्रतिक्रिया