सरकारी कार्यालयबाटै जनतालाई परिवर्तनको अनुभूति दिलाउनुपर्ने: मन्त्री खरेल

काठमाडौँ : नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारी कार्यालयहरूले जनतालाई वास्तविक परिवर्तनको अनुभूति दिलाउनुपर्नेमा जोड दिनु भएको छ।

मन्त्री खरेलले जेन्जी आन्दोलन र बदलिँदो राजनीतिक सन्दर्भलाई ध्यानमा राख्दै सरकारी सेवामा सुधार आवश्यक रहेको बताउनु भएको छ। उहाँले कर्मचारी र जनताबीचको सम्बन्ध “नङ–मासु” जस्तो नजिक हुनु पर्ने उल्लेख गर्दै जनसेवाको काम थप प्रभावकारी बनाउनुपर्ने कुरा स्पष्ट गर्नु भएको छ।

उहाँले भन्नु भयो, “हामी कर्मचारी र राजनीतिज्ञ दुवै जनताका सेवक हौँ भन्ने विश्वास जतिसक्दो जनतामा जगाउन सकियो भने, जनतामा राज्य, राष्ट्र र कर्मचारीतन्त्र प्रति अपनत्व बढ्छ।”

अनुगमनको क्रममा मन्त्री खरेल काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पुग्नु भएको थियो। त्यहाँ प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यालयबाट दिइरहनु भएको विभिन्न सेवा र प्रशासनिक कामबारे जानकारी दिनु भयो। मन्त्री खरेलले कर्मचारीलाई जनताको काममा ढिलासुस्ती नगर्न र प्रविधिको अधिकतम प्रयोग गर्न निर्देशन दिनु भएको छ।

तपाईको प्रतिक्रिया