सरकारले नीति तथा कार्यक्रममा राख्यो संविधान संशोधनको विषय

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय समावेश गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरिरहेको नीति तथा कार्यक्रममा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुरा उल्लेख गरिएको छ।

राष्ट्रपति पौडेलले कार्यक्रम बाचन गर्दै भने, “सबै दलहरूको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनेछौं।”

पौडेलले संविधानको १० वर्ष पूरा भएको अवसरमा यसको समीक्षा गर्ने विषयमा पनि छलफल हुने जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया