सरकारद्वारा ११ देशमा कार्यरत राजदूतहरू फिर्ता बोलाउने निर्णय

काठमाडौं — सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नियुक्त गरिएका राजदूतहरूलाई कात्तिक २० गतेभित्र फर्कन निर्देशन दिइएको छ।

फिर्ता बोलाइने राजदूतहरू चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानमा कार्यरत रहेका छन्।

तपाईको प्रतिक्रिया