सरकारको नीति तथा कार्यक्रमको घोषणा: लोकतान्त्रिक व्यवस्थाको प्रवर्द्धन र असफल परियोजनाको खारेजी

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। यसमा सरकारका प्राथमिकताहरू समावेश गरिएको छ जसमा संविधान र लोकतान्त्रिक शासन व्यवस्थाको प्रवर्द्धन, असफल परियोजनाहरूको खारेजी, र विद्यालय शिक्षामा सुधारका लागि पहल गर्ने कुरा समेटिएको छ।

सरकारले संविधानको समीक्षा गर्ने, कार्यान्वयनका कमीकमजोरी सुधार्नको लागि विकास निर्माणका प्रक्रिया र प्रवृत्तिमा परिवर्तन ल्याउने योजना बनाएको छ। यसमा परियोजनाहरूको पुनरावलोकन गरी समयतालिका तय गर्ने, र सम्भावना नभएका परियोजनाहरूलाई खारेज गर्ने निर्णय गरिएको छ।

अर्को महत्वपूर्ण बुँदा विद्यालय शिक्षामा देखिएका कमीकमजोरीलाई समाप्त गर्न कानुनी प्रबन्ध गर्ने र उद्यमशीलता शिक्षाको प्रवर्द्धन गर्ने कुरा पनि सरकारको प्राथमिकतामा परेको छ। यसका लागि पाठ्यक्रम र सिकाइ विधिमा व्यापक सुधार ल्याइनेछ।

युवाहरूसम्म उद्यमशीलताका अवसर पु¥याउन, सरकारले आन्तरिक रोजगारी सिर्जना गर्ने र युवाहरूलाई लक्षित गरेर स्टार्टअप कार्यक्रमको शुरुवात गर्ने योजना बनाएको छ।

यस नीतिको उद्देश्य देशको विकास र समृद्धि सुनिश्चित गर्नका लागि शिक्षा र श्रम बजारमा सुधार ल्याउनु हो।

तपाईको प्रतिक्रिया