सरकारको नीति अनुसार जेन-जी पुस्तालाई स्टार्टअपमार्फत उद्यमशीलता र रोजगारीका अवसर दिने योजना

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम अन्तर्गत सरकारले उद्यमशीलतामा आधारित आन्तरिक रोजगारी सिर्जना गर्ने र आयआर्जनका अवसरहरू बढाउने लक्ष्य राखेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति र कार्यक्रम प्रस्तुत गर्दै यस योजनाको घोषणा गरेका हुन्।

यस नीतिमा सबै उद्यममा व्यवसायिक योजना (बिजनेस प्लान) र त्यसको इकोसिस्टमलाई एकीकृत गर्दै जेन-जी पुस्तालाई विशेष प्राथमिकतामा राख्ने र युवा वर्गमा स्टार्टअप कार्यक्रम लागू गर्ने कुरा उल्लेख गरिएको छ।

यो नीति युवाहरूलाई उद्यमशीलताको दिशामा आकर्षित गर्ने र त्यसमार्फत आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया