सरकारको निर्णय: अर्थ मन्त्रालयमा दुई सचिवको अभ्यास अन्त्य, एक सचिवले सम्हाल्ने जिम्मेवारी

काठमाडौँ — सरकारले दुई सचिव रहेको अर्थ मन्त्रालयमा अब एक जना मात्र सचिव राख्ने निर्णय गरेको छ। राजस्व सचिवको पद हटाएर तत्कालका लागि एक सचिवमार्फत काम संचालन गरिने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।

हाल अर्थ मन्त्रालयमा घनश्याम उपाध्याय अर्थसचिवको रूपमा कार्यरत छन्। यसअघि मन्त्रालयमा अलग्गै राजस्व सचिवको अभ्यास हुँदै आएको थियो। तर, अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा राजस्व सचिवको पद कटौती गरिएको हो।

राजस्व सचिव दिनेश घिमिरेलाई सरूवा गरी अब प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी दिइएको छ। साथमा, अन्य तीन सचिवहरूको पनि सरुवा गरिएको छ।

महालेखा नियन्त्रकको जिम्मेवारीमा रहेका सचिव शोभाकान्त पौडेल यथावत रहनेछन् भने, वित्तीय संघीयता महाशाखा प्रमुखका रूपमा कार्यरत महेश बराललाई तालिम केन्द्रमा सरुवा गरिएको छ।

तपाईको प्रतिक्रिया