समानुपातिकमा रास्वपाले कटायो ५० लाख मत

काठमाडौं : प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब ५० लाख मत प्राप्त गरेको छ। कुल १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत पाएको देखिन्छ।

अन्य दलहरूमा, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत ल्याएको छ। त्यस्तै, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मत पाएको छ।

हालसम्मको गणना अनुसार मत विभाजक सूत्र प्रयोग गर्दा रास्वपाले ५८ सिट, नेपाली कांग्रेसले १९ सिट, एमालेले १६ सिट, नेकपाले ९ सिट, र श्रम संस्कृति पार्टी तथा राप्रपाले समान ४–४ सिट पाउने देखिन्छ।

तपाईको प्रतिक्रिया