सबै पक्ष समेटेर उम्मेदवार तय गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार चयन गर्ने उद्देश्यले सभापति गगन थापाले संसदीय बोर्डको बैठक आह्वान गरेका छन्।

संसदीय बोर्डका एक सदस्यका अनुसार बैठक बिहान ११ बजेदेखि जारी छ। बैठकमार्फत पार्टीका विभिन्न पक्षलाई समेट्दै उम्मेदवारको टुंगो लगाइने तयारी गरिएको उनले बताए।

उनका अनुसार सहमतिको आधारमा टिकट वितरण गर्ने प्रयास भइरहेको छ र संसदीय बोर्डको छलफलपछि अन्तिम निर्णय लिइने छ।

तपाईको प्रतिक्रिया