सप्तरीमा हवाई फायर गरेर दुई लागुऔषध कारोबारी पक्राउ, १ सय ग्राम हेरोइन बरामद

सप्तरी:  सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरका विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज रायलाई प्रहरीले हवाई फायर गर्दै नियन्त्रणमा लिएको छ।

सप्तरीका प्रहरी प्रमुख एसपी गौतमकुमार केसीका अनुसार, पक्राउ गर्न खोज्दा ती दुवै व्यक्ति भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गर्नु परेको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूको साथबाट करिब १ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको सहकार्यमा उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनास्थलमा हाल थप सुरक्षाकर्मी परिचालन गरिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया