सप्तरीमा मदिरा तस्करी नियन्त्रणको प्रयासमा प्रहरीको गोली चल्दा एकको मृत्यु

काठमाडौँ :सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको छ। मदिरा तस्करी नियन्त्रण गर्न गएको प्रहरीले स्थानीयसँग झडप हुँदा यादवको तिघ्रामा गोली लागेको थियो। उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपाल–भारत सीमा नजिक मदिरा तस्करीको सूचनामा ‘सर्च अप्रेसन’ चलाउँदा प्रहरीले ८० कार्टुन मदिरा बरामद गरेको छ। चार दिनअघि पनि प्रहरीले छिन्नमस्ता गाउँपालिका–१ मा हवाई फायर गरी हेरोइनसहित दुईजनालाई पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया