सत्येन्द्रकुमार राम र नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप गरिएको छैनः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यले कुनै प्रकारको हस्तक्षेप नगरेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नमा जवाफ दिँदै, गृहमन्त्री लेखकले अन्तरजातीय विवाहको मुद्दामा गृह मन्त्रालय गम्भीर र संवेदनशील रहेको जनाए। उनले भने, “संविधानले सुनिश्चित गरेको जातीय भेदभाव र छुवाछुतविरुद्धको हक र व्यक्तिका मानव अधिकारको रक्षा गर्ने विषयमा हामी सक्रिय छौं।”

उनले आफू र आफ्नो पार्टी, कांग्रेस, जातीय भेदभाव र छुवाछुतको विरोधी रहेको उल्लेख गरे।

“मैले विद्यार्थी जीवनदेखि नै मानव अधिकार र वैयक्तिक स्वतन्त्रताको पक्षमा संघर्ष गरेको छु, र म अन्तरजातीय विवाहप्रति कुनै पूर्वाग्रह राख्दिन,” उनले थपे।

तपाईको प्रतिक्रिया