सत्तारुढ दलका सांसदहरूले सरकारलाई सोधे – आगलागी नियन्त्रणको तयारी के छ?

काठमाडौं: सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले आगलागी नियन्त्रणका लागि सरकारको तयारीबारे प्रश्न गरेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले गृहमन्त्रीलाई संसदमा सरकारको तयारीबारे जानकारी दिनुपर्ने माग गरे।

उनले देशभर भइरहेको आगलागीका घटनाबारे विस्तृत जानकारी संसदमा प्रस्तुत गर्न आवश्यक रहेको बताए।

“सभामुखज्यूबाट स्पष्ट निर्देशन दिन चाहन्छु, गर्मी सुरु नहुँदै आगलागीको घटनाहरू भएको छ। यी घटनाहरू कहाँ-कहाँ भएका छन्? तिनीहरूको बारेमा विस्तृत जानकारी संसदमा प्रस्तुत गरियोस्,” उनले भने। “आगलागी नियन्त्रणको लागि सरकारको तयारी कस्तो छ? अहिलेसम्म भएका घटनाका विवरण तयार पारेर पीडितलाई क्षति पूर्ति दिने प्रक्रिया के कस्ता छन्? यसबारे गृहमन्त्रीले संसदमा जानकारी दिनु पर्छ।”

गर्मी शुरु नहुँदै विभिन्न स्थानमा आगलागी र डढेलो सुरु भएका छन्।

तपाईको प्रतिक्रिया