सञ्चारमन्त्री खरेलद्वारा दिवंगत पत्रकार सुरेश रजकका परिवारसँग भेट, न्यायका लागि पहल गर्ने प्रतिबद्धता


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकका परिवारसँग मन्त्रालयमा भेट गरी पीडित पक्षप्रति सहानुभूति व्यक्त गर्दै न्याय सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
बुधबार मन्त्रालयमा सुरेश रजककी धर्मपत्नी सुजन रजकसहित परिवारका सदस्यहरूसँग संवाद गर्दै मन्त्री खरेलले रजकका लागि चिन्ता व्यक्त गर्नुका साथै, उहाँको धर्मपत्नीलाई रोजगारी प्रदान गर्ने र उच्च शिक्षाका लागि आवश्यक समन्वय गर्ने पहल अघि बढाइने वचन दिनुभएको हो।
सुरेश रजक विगत चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा भएको आगजनी घटनामा घाइते भएर मृत्यु भएका थिए ।
नेपाल पत्रकार महासंघ लगायत सञ्चारकर्मीसमेतले रजकको निधनप्रति विरोध व्यक्त गर्दै निष्पक्ष, छिटो छानबिन र दोषीमाथि कारबाहीको माग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया