सगरमाथा आरोहणको सलामी दस्तुर १५ हजार डलर पुर्‍याइयो

काठमाडौँ — सरकारले सगरमाथा आरोहणका लागि विदेशी र स्वदेशी आरोहीहरूबाट संकलन गर्ने सलामी दस्तुरमा वृद्धि गरेको छ। यसअघि ११ हजार अमेरिकी डलर रहेको सलामी दस्तुरलाई १५ हजार डलर पुर्‍याइएको हो।

पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार, हिमाल आरोहणसम्बन्धी नियमावलीमा संशोधन गरिएको छ। हालै मन्त्रिपरिषदले पारित गरेको नियमावली अनुसार, सगरमाथा आरोहणमा सलामी दस्तुर र आरोहण दलका कामदारहरूको सुरक्षा, बिमा जस्ता विषयमा पनि परिवर्तन गरिएको छ। यस नियमावलीलाई चाँडै राजपत्रमा प्रकाशित गरिनेछ।

तपाईको प्रतिक्रिया