संखुवासभामा घरेलु विवादपछि महिला मृत भेटिइन्, पति नियन्त्रणमा

संखुवासभा: आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्चा शेर्पालाई ३७ वर्षीया श्रीमती मीना शेर्पाको मृत्यु प्रकरणमा संलग्न रहेको आशंकामा शनिबार नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय चैनपुरलगायतका प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मंसिर ९ गते राति मादी नगरपालिका–४ को ओखरेबजार क्षेत्रबाट घर फर्किने क्रममा दम्पतीबीच विवाद भएको देखिएको छ।

विवादका क्रममा महिलाको ज्यान गएको र शवलाई मादी नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा गाडिएको हुनसक्ने प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि जिल्ला अदालत संखुवासभाबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया