सरकारको दायित्व देशलाई निर्वाचन मार्फत स्थायित्व र निकासतर्फ लैजानु हो, गृह मन्त्रालय आफ्नो जिम्मेवारी शुद्ध नीयत र कर्मनिष्ठताका साथ पूरा गरिरहेको छ: गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय अत्यन्त संवेदनशील क्षेत्र भएकाले हरेक गतिविधि सार्वजनिक गर्न सम्भव नहुने बताएका छन्।

पछिल्लो समय नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङलगायतले मन्त्री अर्यालमाथि गरेको निरन्तर आलोचनापछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

मन्त्री अर्यालले फेसबुकमा लेख्दै भनेका छन्, “गृह मन्त्रालयका कतिपय विषयमा हामी के गर्दैछौँ वा के गरिसक्यौँ भन्ने कुरा भन्नै नमिल्ने अवस्था हुन्छ।”

उनका अनुसार सरकारको दायित्व देशलाई निर्वाचनमार्फत स्थायित्व र निकासतर्फ लैजानु हो, र त्यसका लागि गृह मन्त्रालय आफ्नो जिम्मेवारी शुद्ध नीयत र कर्मनिष्ठताका साथ पूरा गरिरहेको छ।

“हामीसँग शुद्ध चित्तले कर्म गरिरहनु बाहेक अर्को विकल्प छैन,” मन्त्री अर्यालले भनेका छन्, “कार्यकालको अन्त्यमा जनताप्रति धैर्यका लागि धन्यवाद व्यक्त गर्नेछौँ र सुशासनको बाटोमा हिँड्दै देशलाई निर्वाचनमार्फत निकास दिनेछौँ।”

तपाईको प्रतिक्रिया