शाक्यको पुनर्बहाली माग सर्वोच्चमा—आज हुने छ सुनुवाइ

काठमाडौं — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

सुनुवाइ न्यायाधीश नृपध्वज निरौलाको इजलासमा हुने तय भएको छ।

शाक्यले आफूलाई सरकारले गैरकानुनी रूपमा पदबाट हटाएको दाबी गर्दै सोमबार सर्वोच्च अदालतमा पुनर्बहालीको मागसहित रिट दायर गरेका थिए।

जेनजी आन्दोलनपछि ऊर्जामन्त्री बनेका कुलमान घिसिङको सिफारिसमा मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो। सो निर्णयपछि सरकारले मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमान घिसिङलाई हटाएर शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो।

तपाईको प्रतिक्रिया