शनिबारदेखि दैनिक ६ घण्टा कान्ति लोकपथ बन्द हुने

हेटौँडा,–मङ्सिर २० गते (शनिबार) देखि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा दिनको ६ घण्टा सवारी साधन आवतजावत बन्द रहनेछ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको सार्वजनिक सूचनाअनुसार, कान्ति लोकपथका विभिन्न भागमा सडक फराकिलो बनाउने र वर्षा याममा आएको पहिरो पन्छाउने कामका लागि बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सवारी साधन रोक लगाइनेछ। यो व्यवस्था ६० दिनसम्म लागू हुनेछ।

कान्ति राजमार्ग सडक आयोजना कार्यालय एकान्तकुनाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ कि सडक कटिङ र पहिरो पन्छाउने कार्यका कारण दैनिक ६ घण्टा सवारी आवागमनमा रोक लगाइएको हो।

यात्रु तथा सवारी साधन सञ्चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया