वीरगञ्ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि सुरु हुँदै

वीरगञ्ज — मधेश प्रदेशको सबैभन्दा ठूलो पुरस्कार राशी भएको वीरगञ्ज गोल्डकपको दोस्रो संस्करण शनिबारबाट सुरु हुने भएको छ। भेट्रान्स सिटी क्लबद्वारा आयोजित यस प्रतियोगिता वीरगञ्जको आदर्शनगर रंगशालामा फागुन १७ देखि २४ गतेसम्म हुनेछ। नेपाल र भारतका आठ वटा क्लबले यसमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता नकआउट विधिमा खेलाइनेछ।

दोस्रो संस्करणमा संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बाग्मती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गढवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपीआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सहलेश फुटबल क्लब सिराहा र आयोजक वीरगञ्ज युनाइटेड क्लब सहभागी हुने छन्, भने यो जानकारी भेट्रान्स सिटी क्लबका उपाध्यक्ष सागर शम्शेर राणाले दिएका छन्।

गोल्डकपको विजेतालाई ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेतालाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जानकारी दिएका छन्। साथै, सर्वोकृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ दिइनेछ र बेस्ट किपर र बेस्ट कोचका लागि पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिता पर्सा र आसपासका क्षेत्रमा फुटबलको गतिविधि बढाउने र यसको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक संयोजक सुवोध श्रीवास्तवले बताए।

प्रतियोगिता सम्पन्न गर्न लगभग एक करोड सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। वीरगञ्ज महानगरपालिका यस प्रतियोगिताको मुख्य प्रायोजक हो। गोल्डकपका लागि आदर्शनगर रंगशालामा अस्थायी प्याराफिट बनाइएको छ, जबकि नारायणी रंगशाला जीर्ण अवस्थाका कारण यसपालि प्रतियोगिता आदर्शनगर रंगशालामा आयोजना गरिने हो। गत वर्षको गोल्डकपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब विजयी भएको थियो।

तपाईको प्रतिक्रिया