विश्वनाथ पौडेललाई गभर्नर बनाउने सहमति भएको हो?

काठमाडौं, । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति जुटेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान भएको छलफलमा पौडेलको नाममा सहमति कायम भएको स्रोतले जानकारी दिएको छ तर औपचारिक रूपमा घोषणा गरिएको छैन।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका प्रा.डा. पौडेल यसअघि गभर्नर सिफारिस समितिका सदस्य थिए। नेपाली कांग्रेसले उनलाई गभर्नरका लागि अघि सारेपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए।

लामो समयदेखि जारी रस्साकस्सीपछि गभर्नर नियुक्तिको विषयमा सहमति बनेको हो। अब औपचारिक प्रक्रिया पूरा गरी उनलाई नियुक्त गर्ने तयारी भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया