विपद्को जोखिम बढ्दो तर सहकार्य र समन्वय फितलो(भिडियो सहित)


अहिले देशभरी हल्कादेखि भारी वर्षा भइराखेको छ । ठाउँ ठाउँमा बाढी र पहिरो गइराखेको छ । जनजीवन कष्टकर छ । तर, विपद् व्यवस्थापन र क्षति न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायहरुबीच समन्वय प्रभावकारी रुपमा हुन सकेको छैन । विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि विभिन्न संयन्त्र तथा संघसंस्थाले काम गरिराखेका छन् । तर उनीहरुले एकद्वार रुपमा काम गर्न नसकेकै कारणले क्षति कम हुन सकेको छैन । यसै विषयमा इमेज च्यानलबाट प्रशारण हुने कार्यक्रम टक अफ द टाउनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले गत वर्षभन्दा यस वर्ष क्षति कम भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, पक्कै पनि क्षतिलाई कम गर्न सकेका छौं । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले स्थानीय निकायलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तदारुकताका साथ लाग्न निर्देशन दिएको बताउनु भएको छ । उहाँले स्थानीय तहमा विपद् जोखिमका न्यूनीकरणका लागि थप कर्मचारी पुर्ति गर्न आपूm प्रतिवबद्ध रहेको बताउनु भएको छ । यस्तौ जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले मौसमको पूर्व सूचना प्रणालीलाई थप विश्वसनीय र भरपर्दो रुपमा सूचना हस्तान्तरण गर्न आपूm प्रतिबद्ध रहेको बताउनु भयो । पूरा कार्यक्रमका लागि यहाँ हेर्न सक्नु हुनेछ ।

तपाईको प्रतिक्रिया