विद्युत् सर्ट भएर आगलागी, १३ लाखको क्षति

बैतडी – बैतडी जिल्लामा आज बिहान विद्युत् सर्ट भएर एक घरमा आगलागी भएको छ, जसबाट रु १३ लाखको क्षति भएको अनुमान गरिएको छ।

घटना दशरथचन्द नगरपालिका-१, गुरुखोला श्रीखण्डका केशवदत्त भट्टको घरमा भएको हो। बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार, बिहान ८ः३० बजेतिर विद्युत् सर्ट हुँदा आगलागी भएको जानकारी प्राप्त भएको थियो।

आगलागीले भट्टको घरको दोस्रो तलामा क्षति पुर्याएसँगै घरमा रहेका अन्न, लत्ताकपडा र अन्य सामग्री पनि जलेर नष्ट भएका छन्।

घटनास्थलमा प्रहरी चौकी गुरुखोलाबाट खटिएको टोली र स्थानीयहरूले मिलेर आगलागी नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया