विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुग्यो, १४ महिनासम्मको आयातका लागि पर्याप्त

काठमाडौं: चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालको विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक र वित्तीय स्थिति प्रतिवेदनअनुसार, विदेशी मुद्रा सञ्चितिमा १८.९ प्रतिशतको वृद्धि देखिएको छ।

वर्तमान सञ्चितिले नेपाललाई १४.२ महिनासम्मको वस्तु तथा सेवा आयातको लागि पर्याप्त कभर गर्ने क्षमता प्रदान गरेको छ।

गत वर्षको असार महिनामा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो। अमेरिकी डलरमा परिवर्तन गर्दा, यो रकम १५ अर्ब २७ करोड रहेकोमा, चैत मसान्तसम्म १५.४ प्रतिशतको वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ।

तपाईको प्रतिक्रिया