वित्त आयोगका पूर्व अध्यक्षको मिलेमतोमा अनियमितताको आरोप, संसदीय समितिमा उजुरी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पूर्व अध्यक्ष बालानन्द पौडेलसहितका पदाधिकारीहरूविरुद्ध छानबिनको माग गर्दै प्रतिनिधिसभा अन्तर्गतको अर्थ तथा सुशासन समितिमा उजुरी परेको छ।

उजुरीमा पौडेलको मिलेमतोमा एक गैरसरकारी संस्थाले आयोगका अन्य सदस्यलाई जानकारी नदिई संघीय वित्तीय संरचनामा अनुसन्धान गर्न रकम प्रदान गरेको, रेडियो फ्रिक्वेन्सीको रोयल्टी दर निर्धारणमा एसिया फाउन्डेसनको प्रभाव परेको तथा आयोगको प्रक्रिया नपु¥याई आयोगको काम एनजिओलाई सुम्पिएको आरोप लगाइएको छ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले केही दिनअघि सो सम्बन्धमा उजुरी प्राप्त भएको पुष्टि गरेका छन्। ‘वित्त आयोगका पूर्व अध्यक्ष र अन्य पदाधिकारीमाथि प्रश्न उठेको भन्दै समितिमा उजुरी परेको हो,’ सभापति चालिसेले भने, ‘तर सो विषय समितिको बैठकमा औपचारिक रूपमा पेस भएको छैन।’

यसअघि अनलाइन पत्रिका ‘उकेरा’ ले आयोगमा भएको अनियमितताबारे खोजमूलक समाचार प्रकाशन गरेको थियो। उक्त समाचारअनुसार आयोगका पदाधिकारीहरूले बदनियतपूर्वक कार्य गरेको आरोप उठाइएको छ।

तपाईको प्रतिक्रिया