वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन

३० साउन, काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन भएको छ ।

बिहीबार बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । ९७ वर्षको उमेरमा पनि उनी लेखपढ गर्न सक्ने अवस्थामा थिए ।

आजै उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो । माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया