ला लिगामा उपाधि होड त्रिकोणात्मक: बार्सिलोनाको जितसँगै लिग थप रोमाञ्चक

ला लिगामा उपाधिको प्रतिस्पर्धा त्रिकोणात्मक भएको छ।बार्सिलोनाले आइतबार डेपोर्टिभो लाकुरुनालाई १–० ले हराउँदै महत्वपूर्ण जित हात पारेको छ। यससँगै, लिग उपाधिका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ। बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्कीले एकमात्र गोल गरे।

बार्सिलोनाले २२ खेलबाट ४५ अंक संग तेस्रो स्थानमा छ, र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग चार अंकको फरक छ। एथलेटिको म्याड्रिड भने ४८ अंकका साथ दोस्रो स्थानमा रहेको छ। आगामी साता म्याड्रिड डर्बी हुने भएकाले लिग अझ रोमाञ्चक बन्ने अपेक्षा छ।

आइतबारका अन्य खेलहरूमा, रियल बेटिसले एथलेटिको बिलबाओसँग २–२ को बराबरी खेल्यो, जबकि भ्यालेन्सियाले सेल्टा भिगो र ओसासुनाले रियल सोसिडाडलाई २–१ ले हराएका थिए।

तपाईको प्रतिक्रिया