लामिछानेसँग ६० लाख धरौटी माग गर्ने काठमाडौं अदालतको आदेश उच्चबाट सदर

काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौं जिल्ला अदालतले मागेको ६० लाख रुपैयाँ धरौटी उच्च अदालत पाटनले सदर गरेको छ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतको आदेशमा कुनै परिवर्तन आवश्यक नरहेको ठहर गरेको हो।

उच्च सरकारी वकिलको कार्यालयले रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामालगायतका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्न धरौटी आदेश बदर गर्न माग गरेको भए पनि उच्च अदालतले जिल्ला अदालतको आदेश कायम राखेको हो।

आदेशमा भनिएको छ कि प्रतिवादीहरूको बयान, रकम प्रयोगको अवस्था र संलग्नतालाई विचार गर्दै अदालतले तत्काल धरौटी माग गर्नु न्यायोचित रहेको देखिन्छ। काठमाडौं जिल्ला अदालतले माघ २ गते रवि लामिछानेसँग ६० लाख धरौटी माग गरेको थियो भने माघ ७ गते पूर्व डिआइजी छविलाल जोशीसँग ५० लाख धरौटी मागिएको थियो।

तपाईको प्रतिक्रिया