ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल भारी मतान्तरसहित विजयी हुनुभएको छ।

खरेलले ३९,९४१ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो। यो निर्वाचनमा उहाँले प्राप्त गरेको मतान्तर देशभरकै ठूलो मतान्तरमध्ये एक भएको छ। देशभर ठूलो मतान्तरसहित विजयी हुने उम्मेदवारमध्ये खरेल शीर्ष पाँचभित्र पर्नुभएको छ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७४१९ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ।

ललितपुर क्षेत्र नं. २ बाट गैर–नेवार समुदायका उम्मेदवार विजयी भएको यो पहिलो पटक हो। साथै, यस क्षेत्रबाट यति ठूलो मतान्तरसहित जित हासिल गर्ने पहिलो उम्मेदवारका रूपमा पनि खरेलले नयाँ इतिहास कायम गर्नुभएको छ।

तपाईको प्रतिक्रिया