ललितपुर–२ मा मतगणना अस्थायी रूपमा रोकियो, ३० मतपत्र हराएको खुलासा!

ललितपुर — ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वडा नं. ९ मा मतगणना अस्थायी रूपमा रोकिएको छ।

निर्वाचन अधिकृतका अनुसार, मतपेटिका मुचुल्का गर्दा ३० मतपत्र हराएको पाइएको छ। यस कारणले मतगणना रोक्नुपर्ने निर्णय गरिएको हो। यस क्षेत्रमा कुल ४ हजार १८५ मतपत्र रहेको भनिएको थियो, तर गणना गर्दा केवल ४ हजार १५५ मतपत्र मात्रै भेटिएको बताइएको छ।

स्थानीय राजनीतिक दलहरूले सर्वदलीय बैठक गर्ने तयारी गरिरहेका छन्। बैठकपछि बाँकी मतगणना पुनः सुरु गरिने अपेक्षा गरिएको छ।

यो क्षेत्रमा विभिन्न दलका उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जगदीश खरेल, नेपाली कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपा एमालेबाट प्रेम महर्जन र उज्यालो नेपाल पार्टीबाट राजाराम टण्डुकार उम्मेदवार रहेका छन्।

निर्वाचन अधिकृतले मतगणना स्थगित भएको विषयमा विवाद समाधानपछि मात्रै प्रक्रिया पुनः सुरु हुने जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया