रौतहट–३ मा रास्वपाका रविन्द्र पटेल विजयी

रौतहट : रौतहट निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन्द्र पटेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार पटेलले २७ हजार ३१८ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का गोविन्द चौधरीले ११ हजार ९५४ मत प्राप्त गरेका छन्।

यसैगरी आम जनता पार्टीका अध्यक्ष प्रभु साह तेस्रो स्थानमा रहे। उनले ९ हजार ८९० मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार कुन्दनप्रसाद कुशवाहले ६ हजार ६०५ मत ल्याएका छन्।

निर्वाचन परिणामसँगै रौतहट–३ मा रास्वपाले महत्वपूर्ण सफलता हासिल गरेको छ।

तपाईको प्रतिक्रिया