रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहट । रौतहटको गरुडा नगरपालिका–१, जयनगरटोलमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ।

६५ वर्षीय सियाराम बनियाको चट्याङ लागेर गम्भीर घाइते भएपछि उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए।

चट्याङ लाग्ने क्रम गर्मीयाम र मनसुन अवधिमा विशेष सक्रिय हुने भएकाले स्थानीयवासीलाई सतर्क रहन समेत प्रहरीले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया